सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्राजिलमा जेलभित्र कैदीबन्दीबीच झडप हुँदा ५२ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन १४, ११:३९

ब्राजिलमा जेलभित्र कैदीबन्दीबीच झडप हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। ब्राजिलको पारा राज्यमा रहेको अल्तामिरा जेलमा कैदीबन्दीबीच करिब ५ घण्टासम्म झडप भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 

अल्तामिरा जेलभित्र रहेका एक कैदीबन्दीको समूह अर्को कैदीबन्दीको समूहमा गएपछि झडप सुरु भएको थियो। जेलको एक भागमा कैदीबन्दीले आगो लगाएका कारण केहीको निसास्सिएर ज्यान गएको हो भने १६ जनाको टाउको काटेर हत्या भएको बताइएको छ।

कैदीबन्दीहरुले जेलका अधिकारीहरुलाई पनि बन्दी बनाएका थिए। सोमबार बिहान सात बजेदेखि सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो। ब्राजिलको सञ्चारमाध्यममा जेलबाट धुँवा आइरहेको दृश्य देखाइएको छ भने अन्य केही भिडियोमा कैदीबन्दीहरु जेलको छतमा घुमिरहेको दृश्य पनि देखाइएको छ।

जेलभित्र रहेका कमाण्डो क्लासेज ए समूहका कैदीबन्दी र कमाण्डो वेर्मेल्हो  समूहका कैदीबन्दीबीच झडप भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। ब्राजिलको जी १ समाचार संस्थाका अनुसार जुन जेलमा झडप भएको थियो त्यहाँ २ सय कैदी राख्न मिल्थ्यो तर त्यहाँ ३ सय ११ जना कैदी रहेका थिए। क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण पनि ब्राजिलमा विभिन्न समयमा जेलभित्र झडप हुँदै आइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस