सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल एअरलाइन्सले घटायो जापानको भाडा, अब एकतर्फी भाडा ३७ हजार

। फोटो स्रोत ।
२०७६ साउन १३, ०४:५१

नेपाल एअरलाइन्सले जापानको भाडा घटाएको छ। आउँदो भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने तयारी गरेको नेपाल एअरलाइन्सले भाडा घटाएको हो। यसअघि दुईतर्फी टिकटको ८० हजार रुपैयाँ भाडा तोकिएकोमा घटाएर दुईतर्फी भाडा ७२ हजार ८ सय १४ रुपैयाँमा झारिएको छ। यस्तै एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

सुरुमा जापान उडानलाई प्रवद्धनात्मक बनाउन यो भाडादर निर्धारण भए पनि सेप्टेम्बरपछि भने नयाँ भाडादर लागु हुने एअरलाइन्सले जनाएको छ। निगमले एयरबस ३३०–२०० सिरिजको वाइडबडी जहाजमार्फत जापान उडान गर्दैछ। नेपाल एअरलाइन्सले गएको असार १९ गतेदेखि जापानको ओसाकामा हप्ताको २ वटा उडान गर्ने भनेर केही टिकट बेचे पनि यात्रु नभएको भन्दै उडान स्थगित गरेको थियो। तर यो पटक पनि उत्साहजनक रुपमा टिकट बिक्री भएका छैनन्।

निगमले ओसाका उडान नेपाली यात्रुको लागि भन्दा पनि जापानी यात्रुका लागि लक्षित रहेको बताएको छ। ओसाका क्षेत्रमा नेपाली नागरिक कम भएको र पर्याप्त यात्रु नपाउने भन्दै निगमलाई नारिता उडान गर्न सुझाव आए पनि ओसाका नै उडान गर्ने तयारीमा छ।

निगमले सन १९९४ देखि २००७ सम्म जापानमा साताका दुई उडान गरेको गरेको थियो। तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ। १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने प्रयास गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस