सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच हजार घुससहित मालपोत कार्यालयका नायब सुब्बा पक्राउ

। फोटो स्रोत ।
२०७६ साउन १३, ०४:४६

जिल्ला मालपोत कार्यालय सिरहाका नायब सुब्बा पक्राउ परेका छन्। सोमबार दिउँसो एक सेवाग्राहीलाई काम गरिदिएवापत लेखापढी व्यवसायी राजवंशी चौधरीमार्फत पाँच हजार रुपैयाँ घुस लिँदै गरेको बेला कार्यालयका नायब सुब्बा मिथिलेश ठाकुर पक्राउ परेका हुन्। उनीहरु दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो।

मोही लगत कट्टा गरिदिन एक सेवाग्राहीसँग नासु ठाकुरले लेखापढी व्यवसायी मार्फत पाँच हजार रुपैयाँ लिएका थिए। ती सेवाग्राही पटक–पटक मोही लगत कट्टाको कामको लागि कार्यालय धाउँदासमेत नासु ठाकुरले विना घुस काम गरेका थिएनन्। घुस मागेपछि ती सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा जानकारी गराएका थिए।

सोमबार कार्यालयमा काम गराउन ती सेवाग्राही घुस रकम लिएर पुगेका थिए भने अख्तिबयार त्यसको निगरानी गरिरहेको थियो। सेवाग्राहीले नासुले भने अनुसार घुस रकम लेखापढी व्यवसायी चौधरीलाई बुझाएका थिए। लेखापढी व्यवसायी चौधरीले नासु ठाकुरलाई घुस रकम दिइरहेको बेलामा अख्तियारको टोलीलले उनीहरु दुबैजनालाई पक्राउ गरेको हो। दुवैजना माथि थप अनुसन्धान भइरहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस