सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानमा सुदूरपश्चिमकी वर्षाले जितिन कास्य पदक

२०७६ साउन १३, ०४:२७ खबर संवाददाता

जापानमा सम्पन्न भएको सितोरियो कोफुकान इन्टरनेशनल च्याम्पियनसीप २०१९ मा सुदूरपश्चिमकी वर्षा साउँदले नेपालका लागि कास्य पदक जितेकी छन्। जापानको तोयोका सहरमा भएको च्याम्पियनसीपमा साउँदले ५५ किलो मुनिको तौल समूहमा कास्य पदक हात जितेकी हुन्।

साउँद सुदूरपश्चिमबाट काता र ४५ किलो कुमितेको च्याम्पियन खेलाडी समेत हुन्।  साउँद प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीकी स्थानीय हुन्। यस्तै नेपालका लागि अशोक शाहले ६७ किलो  तौल समूहमा पराजित भएका छन्। उनलाई दोस्रो राउण्डमा डेनमार्कका खेलाडीले पराजित गरेका हुन।  

कमेन्ट लोड गर्नुस