सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यसम्पादनमा कमजोर प्रहरीको निगरानी भइरहेको छ : गृहमन्त्री थापा

। फोटो स्रोत ।
२०७६ साउन १३, ०३:४०

गृहमन्त्री रामबहादुर थापा बादलले कार्यसम्पादनमा कमजोर प्रहरी कर्मचारीको निगरानी भइरहेको बताएका छन्। सोमबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उनले व्यवसायिकता प्रदर्शन नगर्ने र कमजोर कार्यसम्पादन भएका प्रहरी कर्मचारीको गृह मन्त्रालयले निगरानी गरिरहेको बताउँदै उनले भने, ‘उच्च कार्यसम्पादन स्तर भएका सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाई अपराध अनुसन्धामा व्यवसायिकता प्रदर्शन गर्दै लगिएको छ।’

गत वर्ष भएको कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा तुरुन्त अपराधी पत्ता लगाई कानूनी कारबाहीमा ल्याउन नसके पनि प्रहरीले निकै गम्भीरताका साथ अनुसन्धान गरिरहेको उनले बताए। ‘अनुसन्धानलाई नतिजामा र्पुयाउन कुनै कसर बाँकी राखिने छैन, अनुसन्धान कार्यमा हुने कुनै पनि किसिमको लापरबाहीलाई मन्त्रालयले सहने छैन’ उनले भने। समिति बैठकमा सांसदहरुले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानमा प्रहरी कहाँ अलमलियो भनी प्रश्न गरेका थिए।

कमेन्ट लोड गर्नुस