सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक किशोरी मृत फेला, हत्याको आशंका

२०७६ साउन १३, ०३:०१ खबर संवाददाता

कञ्चनपुर जिल्लाको लालझाँडी गाउँपालिका वडा नम्बर ३ मा एक किशोर मृत फेला परेकी छिन्। लालझाँडी डुङ्गाका स्थानीय गोपाल चौधरीकी १५ बर्षिय छोरी पुनम चौधरी मृत फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार रामनगर सामुदायिक वनमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी हुन्।

झुण्डिएको अवस्थामा शव फेला परेपनि युवतीले जमिनमा खुट्टा टेकाएकी छिन्। घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी सहायक निरिक्षक राम सिहं बोहराले बताए। स्थानीयले हत्याको आशंका समेत गरेका छन्। 

कमेन्ट लोड गर्नुस