संसद विघटनबारे अझै जुटेन सहमति
काठमाण्डौँः राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल शुक्रबार परामर्शमा जुटेका हुन्।
सरकार गठनका लागि उनले प्रधान सेनापति अशोकराज सिग्देलसंग पनि छलफल गरेका छन्। पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भएपनि अन्तरिम सरकार र संसद विघटनका बिषयमा भने सहमति जुट्न बाँकी रहेको छ।
पौडेल शितल निवासमा फर्किएसंगै सेनाले राष्ट्रपति भवनमा सुरक्षा व्यवस्था कडा बनाएको छ।