सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा सचिवालयको बैठक फेरि स्थगित

। फोटो स्रोत ।
२०७६ साउन १२, १२:५६

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक फेरि स्थगित गरिएको छ। दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा पार्टी एकता र जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको थियो। तर स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्नेबारे सहमति जुट्न नसक्दा बैठक सोमबार दिउँसो ३ बजेका लागि स्थगित गरिएको नेताहरुले बताएका छन्।

अन्य विभागको जिम्मेवारी लगभग टुँगो लागे पनि स्कुल विभागका आकांक्षी धेरै भएको तथा पूर्व एमाले वा पूर्व माओवादी कुन पक्षलाई संयोजक बनाउने भन्नेमा नेताहरुबिच सहमति हुन सकेको छैन। स्कुल विभाग प्रमुखमा नेताहरु नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, घनश्याम भुसाल, वेदुराम भुसाललगायतले दाबी गर्दै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस