सुदूर नेपाललाई विश्वसँग जोड्दै

जम्मू–कश्मीरमा सुरक्षा बलसँगको भिडन्तमा २ आतंकवादी मारिए

। फोटो स्रोत ।
२०७६ साउन ११, ०७:४३

भारतको जम्मू–कश्मीरमा सुरक्षा बलसँगको भीडन्तमा दुई जना आतंकवादीको मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय सञ्चारमाध्यम प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) का अनुसार शोपियाँ जिल्लामा सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको थियो। भिडन्तमा पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका शीर्ष कमाण्डर मुन्ना लाहौरी र उनका साथी तथा स्थानीय आतंकवादी मारिएका हुन्।  

प्रहरीका अनुसार पाकिस्तानमा बसोवास गर्ने लाहौरी (बिहारी) काश्मीरमा कैयौँ मानिसहरुको हत्यामा संलग्न थिए। लाहौरीले जैश(ए(मोहम्मद संगठनमा मानिसहरुलाई भर्ती गर्ने काम पनि गर्दथे। एक प्रहरी अधिकारीका अनुसार शोपियाँको बोनबजार क्षेत्रमा आतंकवादीहरु रहेको समाचार प्राप्त भएपछि खोज्न सुरु गरेको थियो। त्यसपछि सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको थियो। भिडन्तपछि सशस्त्र बलले हतियार र विस्फोटक सामग्री बरामद गरेको थियो। 

प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय सरकारको सत्ता सम्हालेपछि अहिलेसम्म जम्मू–कश्मिरमा ९६३ जना आतंकवादी मारिएका छन्। यही क्रममा आतंकवादीविरुद्धको कारबाहीमा ४१३ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन्। सरकारका अनुसार यो वर्ष सीमा क्षेत्रमा हुने घटनामा पछिल्लो वर्षको तुलनामा ४३ प्रतिशतले कमी आएको छ। 

कमेन्ट लोड गर्नुस