सुदूर नेपाललाई विश्वसँग जोड्दै

छुट्टा छुट्टै दुर्घटनामा परि ४ जनाको मत्यु

। फोटो स्रोत ।
२०७६ साउन ११, ०७:२९

छुट्टा छुट्टै दुर्घटनामा परि चार जनाको मत्यु भएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ तातोपानी डाँडामा गएको पहिरोले पुरेर तीन जनाको मृत्यु भएको छ। रसुवागढीबाट १० जना यात्रु बोकेरकाठमाण्डौ जान लागेको ना १ ज ७८२४ नम्बरको जीपको पछाडिको भागमा माथिबाट खसेको पहिरोले पुरेपछि तीन जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए।

चालकसहित अन्य पाँच जना सामान्य घाइते भएका छन् भने एक जना गम्भीर घाइते भएका छन्। घटनामा ज्यान गुमाउनेहरुको सनाखत नभएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोे छ।

यस्तै कर्णाली राजमार्गमा बसले ठक्कर दिँदा शुक्रबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ। तिला गाउँपालिकाको कुडारी बजारमा क १ ख ७ नम्बरको बसमा चटेर आएका ४५ वर्षीया उति सार्कीको ढोकाबाट झर्ने बेलामा त्यही बसको ठक्करवाट घटनास्थलमै ज्यान गएको कुडारी प्रहरी चौकीका हवलदार लोकबहादुर सिंहले जानकारी दिए।

जुम्लाको सदरमुकाम खलङ्गाबाट नाग्म हुँदै सिँजाको गुठीज्यूलातर्फ जाँदै गरेको बसको ठक्करबाट सार्कीको मृत्यु भएको हवलद्धार सिंहले जानकारी दिए। सार्कीले कुडारी बजार आउँदा बान्ता भयो भन्दै ढोकाबाट बाहिर निस्कने क्रममा बसको पछिल्लो पांग्रा र ढुंगामा च्यापिँदा ज्यान गएको उनले बताए। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नविन वलीका अनुसार मृतकको शव पोष्टर्माटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको छ।

बसका चालक भिमराज महत फरार भएका र खोजी कार्य भइरहेको र बस भने नियन्त्रणमा लिएर कुडारी प्रहरी चौकीमा राखिएको छ। मृतकका आफन्तले  क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै पोस्टमार्टम गर्नबाट रोकेका स्थानीयले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस