सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक हप्ता अघि नदीले बगाएर बेपत्ता भएका तीन बालबालिका अझै भेटिएनन

। फोटो स्रोत ।
२०७६ साउन ११, ०७:२४

धनकुटामा एक हप्ता अघि तमोर नदीले बगाएर बेपत्ता भएका तीन बालबालिकाको अझै पत्ता लाग्न सकेको छैन। जिल्लाको सान्ताङका शंखबहादुर राईको तीन छोराछोरीलाई पौडी खेल्ने क्रममा गएको साउन ५ गते धनकुटाको याक्चनाघाट नजिकबाट तमोर नदीले बगाएको थियो। बेपत्ता ९ वर्षीय सन्दीप, ७ वर्षीया सलिना र ४ वर्षीया संजिलालाई गोरु चराउँदै नदीको किनारामा पौडी खेल्ने क्रममा अचानक नदीले बगाएर बेपत्ता बनाएको थियो।

बेपत्ता बालबालिकाहरुको प्रहरीले स्थानीयवासीहरुको सहयोगमा खोजी गरिरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताए। निरन्तरको वर्षाका कारण नदीमा अत्याधिक बाढी आएकाले पनि खोजी कार्यमा कठिनाइ भइरहेको छ। तर पनि मुलघाट प्रहरी चौकी, त्रिवेणी प्रहरी चौकीको सहयोगमा खोजी कार्य जारी राखिएको प्रहरीले बताएको छ।

यसैबीच तीनै सन्तान नदीले बगाएर बेपत्ता भएपछि सन्तानविहीन बन्न पुगेका शंखबहादुर र श्रीमती रोहनश्वरी राईलाई धनकुटा नगरपालिका धनकुटाले ४० हजार रुपैयाँ राहत प्रदान गरेको छ। रकम धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले राहत रकम हस्तान्तरण गरेको थियो।

 

कमेन्ट लोड गर्नुस