सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा नेपाल जेसिजको सम्मेलन हुने

२०७६ साउन ११, ०६:२७ खबर संवाददाता

कैलालीको अत्तरीयामा नेपाल जेसिजको सम्मेलन हुने भएको छ। नेपाल जेसिजको आयोजना र अत्तरीया जेसिजको आतिथ्यतामा अत्तरीयामा उक्त सम्मेलन आयोजना हुन लागेको शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। महासचिव भरत खड्काले असोज ३ र ४ गते सञ्चालन हुने सम्मेलनमा नेपाल जेसिज अन्र्तगतका घ क्षेत्र भित्र पर्ने ४८ शाखाको सहभागीता रहने बताए। सम्मेलनमा सुदुरपश्चिमको कला संस्कृतिको प्रस्तुती, व्यवसायिक ज्ञान सीपको आदान प्रदान, युवा सम्मेलन, युवा उत्प्रेरणा तथा व्यवसायिक सीप तालिम, भातृत्व विकास लगायतका कार्यक्रमहरु हुने छन्। 
सुदुरपश्चिम प्रदेशको व्यवसायिक तथा पर्यटकीय स्थानको प्रबद्र्धनमा टेवा पुग्ने उद्देश्य सहित सम्मेलनको आयोजना गर्न लागिएको उनले बताए। सम्मेलनमा नारायणी वारीका ७ सय जनाको सहभागिता रहने छ। 

कमेन्ट लोड गर्नुस