सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिलिपिन्समा भूकम्पको धक्का : ८ जनाको मृत्यु, ६० घाइते

। फोटो स्रोत ।
२०७६ साउन ११, ०३:१५

फिलिपिन्सको उत्तरी बतानेस प्रान्तमा दुईपटक भूकम्प जाँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। करिब ६० जना घाइते भएका छन्। धेरै भवन र सडकहरु भत्किएका छन्। स्थानीय समयअनुसार शनिबार बिहानै ५.४ र पछि ५.९ म्याग्निट्यूडको भूकम्प गएको हो।

भूकम्प जाँदा धेरै मानिसहरू घरभित्रै सुतिरहेकाले भाग्न नपाएर केहीको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। धेरै टापु रहेको उक्त प्रान्तमा भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी भने जारी गरिएको छैन। फिलिपिन्स भूकम्पीय गतिविधि धेरै हुने क्षेत्रमा पर्दछ। 
 

कमेन्ट लोड गर्नुस