सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिरियामा हवाई आक्रमण : २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन ११, ११:५६

सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको छ। सरकारी सेनाले अस्पताल, विद्यालय, बजार र बेकरीमा गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो।

संयुक्त राष्ट्र संघकी मानवअधिकार प्रमुख मिचेल बचेलेटले सरकार र रुससहितका उसका साझेदारले गरेको कठोर हमलामा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु भएको बताए। उनले गैरसैनिक स्थलमा भएका आक्रमणलाई दुर्घटना भन्न नमिल्ने बताए। रुसले भने नागरिक बस्ने ठाउँमा आफूहरुले हवाई आक्रमण नगरेको जनाएको छ।

राष्ट्रसंघकी मानव अधिकार प्रमुख मिचेल बचेलेटले स्पष्ट अन्तर्रा्ष्ट्रिय मतभिन्नतालाई त्यस्तो अवस्था सिर्जना हुनुको कारण भएको बताइन। उनले हवाई हमलामा सर्वसाधारण नागरिक पर्नु विश्वका शक्तिशाली राष्ट्रको नेतृत्वको असफलता भएको बताइन्। विद्रोही पकड रहेको इडलिब क्षेत्रमा मृतकको संख्या बढ्नुलाई उनले राष्ट्रसंघीय सुरक्षा परिषद्को निकम्मापन भएको आरोप लगाइन्। त्यस्तो हमला गराउनेहरु युद्ध अपराधमा मुछिन सक्ने उनको चेतावनी थियो।

सिरिया सरकारले भने अल कायदासँग जोडिएका जिहादीले युद्धविराम उल्लंघन गरेकाले कारबाही गर्नुपरेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस