सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अदालतको गाडीमा आगजनी

। फोटो स्रोत ।
२०७६ साउन १०, ०१:१७

नवलपुर जिल्ला अदालतको गाडीमा आगजनी भएको छ। बिहीबार राति कावासोती नगरपालिका–८ मा रहेको अर्जुन श्रेष्ठको घरमा पार्किङ गरेर राखेको बा २ झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो। नवलपुर जिल्ला अदातलका श्रेष्तेदार शारदादत्त बडुले प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको हो। बडु कावासोती नगरपालिका–८ मा रहेको अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आएका थिए।

आगजनीबाट गाडीको अगाडीको भाग जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार आगो कसले लगाएको भन्ने बारे अनुसन्धान भइरहेको छ। 

कमेन्ट लोड गर्नुस