सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा हुने चोरीमा संग्लनता देखिन थालेपछि कैलालीमा सुनचाँदी व्यवसायीको भागाभाग

२०७६ साउन १०, १२:१५ खबर संवाददाता

भारतमा हुने चोरीमा जनप्रतिनिधि र सुनचाँदी व्यवसायीहरुले संरक्षकको भुमिका खेलेको देखिएको छ। सुनचाँदी व्यवसायीहरुले त लगानी नै गरेर भारतमा चोरी गर्ने गिरोह सक्रिय पारेको आरोप लागेको छ। चोरीको जानकारी ईन्टरपोल मार्फत पाएपछि कैलाली प्रहरीले संग्लनलाई पक्रउ गर्दै आएको छ। तर उनीहरुलाई जोगाउनका लागि स्थानीय तहका जनप्रतिनिधिहरु समेत सक्रिय भएका हुन्। चोरी गर्ने, चोरीको नगद र सामान नेपाल पुगाउने तथा चोरीमा लगानी गर्नेहरु कतिपय जनप्रतिनिधिका परिवारकै सदस्य समेत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

चोरीमा संग्लनलाई छुटाउनका लागि जनप्रतिनिधि सक्रिय रहेका बेला चोरी गर्नका लागि सुनचाँदी व्यवसायीहरुले लगानी नै गर्न थालेका छन्। सुनचाँदी व्यवसायीले लगानी नै गरेर भारतमा चोरी गर्न पठाउने र भारतबाट चोरी गरि ल्याईएको सुनचाँदी सस्तोमा खरिद गर्ने गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले बताए। ‘अहिले सुनचाँदी व्यवसायीहरुको भागाभाग नै भएको छ,’ उनले भने, ‘परिवारका सदस्यहरु मात्रै भेटिन्छन्, अव उनीहरुलाई पनि अनुसन्धानको घेरामा राख्न पर्ने समय आईसकेको छ।’ प्रतिष्ठित भनिएका सुनचाँदी व्यवसायीहरु पनि लगानी नै गरेर भारतमा चोर्न पठाउने क्रम बढेको उनले बताए। 

सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष सन्तोष लामिछानेले भारतबाट चोरीको धेरै सुन आउन भएकाले सुनचाँदी व्यवसायी पनि संग्लन रहेको हुन सक्ने बताए। तर लगानी नै गरेर चोर्न पठाउने गरको कुरा भने झुठो भएको उनको दावी छ। 
 

कमेन्ट लोड गर्नुस