सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत लुधियानामा चोरीमा संग्लन ८ जनालाई कैलाली कारागार चलान

२०७६ साउन १०, १०:०० खबर संवाददाता

भारतको लुधियाना पंजावमा चोरीमा संग्लन ८ जनालाई कैलाली कारागार चलान गरिएको छ। लुधियाना पंजाब गुरुदेवनगर स्थित नन्दकिशोरको घरमा भएको चोरीमा संग्लन ८ जनालाई जिल्ला अदालत कैलालीले कारागार चलान गरेको हो। कुमार भनिने सुरेन्द्र भुल, मान बहादुर कार्की, सन्तोष भट्टराई र शंकर भनिने मान बहादुर लुहार पुर्पक्षका लागि कारागार पठाईएको हो। 

यस्तै एक लाख धरौटीमा रिहा गर्ने आदेश भएपनि धरौटी तिर्न नसकेर योगेन्द्र बिक, गणेश बिक, ध्वज बहादुर बिक र पुष्कर भुल पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै चोरीमा संग्लन सिद्द बिकलाई साधारण तारेखमा छोडिएको छ भने कान्छा सुनार भनिने रबिन्द्र सोप, योगेन्द्र बिक, सुरेन्द्र बिक र नरेश सिजापतीले धरौटी तिरीकोमा थप राजश्व सम्बन्धी अनुसन्धानको लागी राजश्व अनुसन्धान विभाग कोहलपुर बाके पठाईएको छ।

उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको थियो। उनीहरुले चोरी गर्दा राज पार्कीलाई बिषादी सेवन गराएकोले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको थियो। उनीहरुले नन्दकिशोरको घरबाट झण्डै डेढ करोड बढिको चोरी गरेको ईन्टरपोल मार्फत जानकारी आएको थियो।
 

कमेन्ट लोड गर्नुस