सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘रअ’का प्रमुख र प्रधानमन्त्रीबीच भेट भएको छैन : मन्त्री बाँस्कोटा

। फोटो स्रोत ।
२०७६ साउन ९, ०७:१२

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ‘रअ’का प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट नभएको बताएका छन्। बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नसञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले ‘रअ’का प्रमुखले प्रधानमन्त्रीलाई भेटेको भनी आएको समाचारमा सत्यता नभएको दाबी गरेका हुन्।

‘हामीलाई थाहा छैन। आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्रोटेकलकै आधारमा भेटघाटहरु हुनुपर्ने हुन्छ। त्यसैले प्रधानमन्त्रीज्यूले भेट्नुभएको छैन उनले भने।’ दुवै जनाको कता–कताको फोटो जोडेर भेटघाट भएको भन्दै मूलधारका सञ्चारमाध्यमले समेत भेटै नभएको कुरालाई तथ्य प्रमाणबिना समाचार प्रकाशित गरेको बताए। दुवै जनाको कता–कताको फोटो राखेर भेटघाट भयो भनेर ढाँटियो भन्दै उनले मेनस्ट्रिम मिडिया लाई ‘कुहिरीमण्डलको खेती’मा नरुमल्लिन आग्रह समेत गरे।

’रअ’का प्रमुखले अन्य नेतासँग गरेको भेटघाटका सम्बन्धमा पनि उहाँले अनभिज्ञता जनाए। उनले भने, ‘को–कस्ले भेटे? को–कस्लाई त्यस्ता भेटघाट गर्ने बानी लाग्या छ थाहा छैन।’  पूर्व प्रधानमन्त्री लगायतसँग ’रअ’का प्रमुखले गरेको भेटघाट कुटनीतिक मर्यादा अनुसार छ त भन्ने पत्रकारको जिज्ञासामा उनले भेटबारे नै आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।
 

कमेन्ट लोड गर्नुस