सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा बम विस्फोट : २२ जनाको मृत्यु, २७ जना घाइते

२०७६ साउन ९, ०७:००

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुंदा करिब २२ जनाको मृत्यु भएको छ। सिलसिलाबद्ध बम विस्फोटमा परि खानी तथा पेट्रोलियम मन्त्रालयका आठ जना मजदुरको मृतयु भएको छ। उनीहरु चढेको बसमा बम विस्फोट गराइएको अधिकारीहरुले जनाएका छन्। अधिकारीहरुका अनुसार ज्यान गुमाउनेमा पाँच जना महिला र एक जना बालक पनि रहेका छन्। विस्फोटमा अन्य २७ जना घाइते भएका छन्।

पहिलो विस्फोटको केही मिनेटपछि नै एक जना आक्रमणकारीले बमसहित आफूलाई उडाउँदा कम्तीमा सात जनाले ज्यान गुमाए भने २० जनाभन्दा बढी घाइते भएको जनाइएको छ। ‘पहिला एउटा बसमा बम विस्फोट गराइएको थियो र त्यसको केही मिनेटमा नै एक जना आक्रमणकारीले बमसँगै आफूलाई उडाए। तेस्रो विस्फोटमा चाहिँ एउटा कार हावामा उडेको थियो’, काबुलको आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहीमीले भने। ज्यान गुमाउनेको संख्या बढ्न सक्ने उनले बताए।

आतंकवादी संगठन तालिवानका प्रवक्ताले कार बम विस्फोटको जम्मा लिएका छन्। यस्तै अरु विस्फोटको जिम्मा आईएसआईएसले लिएको अधिकारीहरुले बताएका छन्। तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहीदले कार बम विस्फोटमा नौ जना विदेशी दल मारिएको र दुई ओटा सवारी साधन ध्वस्त भएको दाबी गरेको छ। तर सरकारले भने तालिवानको दाबीलाई आधिकारिक मानेको छैन्।
 

कमेन्ट लोड गर्नुस