सुदूर नेपाललाई विश्वसँग जोड्दै

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त

। फोटो स्रोत ।
२०७६ साउन ९, ०५:५८

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले यसअघि प्राधिकरणको निमित्त अध्यक्ष रहेका खनाललाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन परेकोमा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ नेतृत्वको छनौट समितिले ३ जनाको नाम प्रकाशन गरेको थियो। समितिले अध्ययन गरेर ३ जनाको नामबाट पनि  खनालको नाम छनौट गरेर मन्त्रिपरिषद्मा पठाएको थियो। गत पुसमा दिगम्बर झाले राजीनामा दिएपछि दूरसञ्चार प्राधिकरणको अध्यक्ष पद खाली रहेको थियो।

कमेन्ट लोड गर्नुस