सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद

। फोटो स्रोत ।
२०७६ साउन ९, ०३:४५

गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद भएको छ। धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ।

मनास्लु पदमार्ग नजिकै ओडारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको स्थानीय विशुकुमार गुरुङले जानकारी दिए। २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी स्रोतले जनाएको छ। 

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। गएको २७ दिनदेखि हराइरहेका धनकमललाई खोज्न परिवारले प्रहरीमा निवेदन दिएका थिए। प्रहरीले बुधबार नै उनलाई पक्राउ गरेको थियो।
 

कमेन्ट लोड गर्नुस