सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन महिनाभित्र पार्टी एकताको सबै काम सकिन्छ : प्रचण्ड

२०७६ साउन ९, ०३:४०

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन महिनाभित्र पार्टी एकताको सबै काम सकिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभामा अध्यक्ष प्रचण्डले पार्टी एकताको माथिदेखि तलसम्मको सबै काम यो महिनाभित्र सकिने स्पष्ट पार्दै धेरै अप्ठ्यारा र घेराहरुलाइ चिर्दै पार्टी एकतालाई अन्तिम रुपमा ल्याउन सकिएको भन्दै भन्दै यो महिनाभित्र पार्टी एकताको सबै काम सकेर भदौबाट भने देशब्यापी कार्यक्रममा निस्कने बताए।

यो महिनाभित्र स्थायी समिति र केन्द्रीय समिति बैठक बसेर अब बाँकी रहेका पार्टी एकताको सबै काम टुंगोमा पुर्याउने समेत उनले बताए। पार्टी एकताको काम सकिएपछि पार्टीको नीति, सिद्धान्त र सरकारका कामबारे नागरिकलाई जानकारी गराउन देशव्यापी कार्यक्रम गर्ने बताए। अहिले कम्युनिष्ट पार्टीका सामु ठूलो अवसर रहेको भन्दै उहाँले जनमतबाट प्राप्त बहुमतको शक्तिलाई प्रभावकारी काममा लगाउने गरी सरकारले काम गरिरहेको पनि समेत जानकारी गराए।

कमेन्ट लोड गर्नुस