सुदूर नेपाललाई विश्वसँग जोड्दै

रामेछापमा आगलागी, चार घर जलेर नष्ट

। फोटो स्रोत ।
२०७६ साउन ९, १२:१७

रामेछापमा आगलागी भएको छ। जिल्लाको रामेछाप नगरपालिका–३ साँघुटार बजारमा भीषण आगलागी हुंदा चार घर जलेर नष्ट भएका छन्। 

पूर्वसांसद देवशंकर पौडेलले दिएको जानकारी अनुसार बिहान ७ बजेको समयमा  लिखु खोला छेउको पक्की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्की घर जलेर नष्ट भएको छ।

यस्तै राजन सुवेदी, अनिष थापा र हरिमायाँ थापाको घर पनि आगोले जलेर नष्ट भएको छ। इलाका प्रहरी कार्यालय धोवीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए।

प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ अहिले आगलागी नियन्त्रणमा आएता पनि आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

कमेन्ट लोड गर्नुस