सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टेलिकमले गर्यो एफटीटीएचको सुविधा थप

। फोटो स्रोत ।
२०७६ साउन ९, ११:५५

नेपाल टेलिकमले फाइबर टु द होम अर्थात एफटीटीएच सेवाको सुविधा थप गरेको छ। एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजअन्तर्गत ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरू प्रयोग गर्न सकिन्छ।

यस्तै कर्पोरेट प्याकेजअन्तर्गत १० र २० एमबीपीएसका ३ महिना, ६ महिना र १ वर्ष समयावधिका एफटीटीएच इन्टरनेट प्याकेजहरू उपलब्ध छन्। नयाँ लाइन जडान गर्दा एक वर्षको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीई निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ।

यस्तै ६ महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीईको मूल्यमा ३ हजार छुट हुनेछ। सबै नयाँ जडान गर्ने ग्राहकहरूलाई एकसय मिटर फाइबर निःशुल्क उपलब्ध गराइने पनि टेलिकमले जनाएको छ। समर अफरअन्तर्गत एफटीटीएचमा नयाँ कम्बो प्याकेज ल्याइएको छ।

यी प्याकेजहरू १५ एमबीपीएस, २५ एमबीपीएस, ४० एमबीपीएस र ६० एमबीपीएसमा उपलब्ध रहेको टेलिकमले जनाएको छ। १५ एमबीपीएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

यस्तै २५ एमबीपीएसको कम्बो प्याकेज १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको टेलिकमले जनाएको  छ।

४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ। यस्तै ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमशः २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ। यो सुविधा गएको मंगलबारदेखि लागू भएको हो।

कमेन्ट लोड गर्नुस