सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिस्पर्धाका क्रममा घाइते भएका रुसी बक्सरको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन ८, ०६:५८

आधिकारिक फाइटमा घाइते भएका रसियन बक्सर म्याक्सिम दादाशेभको मृत्यु भएको छ। आईबीएफ लाइट वेल्टरवेटमा सुब्रियल माटियाससँग प्रतिष्पर्धा गर्ने क्रममा घाइते भएका दादाशेभको उपचारका क्रममा मृत्यु भएको हो। गत शुक्रबार माटियासविरुद्धको खेलमा घाइते भएपछि उनी ड्रेसिङ रुममा समेत हिँडेर जान सकेका थिएनन्। फाइटको एघारौं चरणमा उनी घाइते भएका थिए। विपक्षीको मुक्का लागेर उनको टाउकोमा रगत जमेपछि तत्कालै शल्यक्रिया गरे पनि उनको ज्यान भने बाँचेन। घटनालाई लिएर रुसी बक्सिङ महासंघले अनुसन्धान गर्ने भएको छ। महासंघका महासचिव उमर क्रेमलेभले खेलका क्रममा नियम उलंघन भएको हुन सक्ने बताए।

कमेन्ट लोड गर्नुस