सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोन्सन बन्ने

। फोटो स्रोत ।
२०७६ साउन ७, ०५:४९

बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। कन्जर्भे्टिभ पार्टीको नेताका रुपमा निर्वा्चित भएपछि जोन्सन टरिजा मेको उत्तराधिकारीका रुपमा बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको हो। पार्टीको नेतृत्वका जोन्सनले जेरेमी हन्टलाई हराएका हुन्।

लण्डनका पूर्व मेयर र विदेश मन्त्रीसमेत बनिसकेका जोन्सनले ९२ हजार १ सय ५३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हन्टले ४६ हजार ६ सय ५६ मत प्राप्त गरे। पार्टीको नेतृत्वमा निर्वा्चिन भए पनि जोन्सनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न बुधबारसम्म पर्खनु पर्नेछ। बुधबार बेलायती संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा सहभागी भएपछि कामचलाउ प्रधानमन्त्री टरिजा मेले महारानीसमक्ष राजीनामा बुझाउनेछिन्।

त्यसपछि मेको उत्तराधिकारीका रुपमा बकिंघम प्यालेस गएर महारानीबाट जोन्सनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन्। पूर्व विदेश मन्त्री बोरिस जोन्सनले सन् २०१६ मा जनमत संग्रहको दौरान ‘लिभ क्याम्पियन’ अर्थात् यूरोपियन संघबाट छुट्टिने अभियानको नेतृत्व गरेका थिए। तर केही दिनअघि जोन्सनले आफ्नो हातमा सत्ता आए बेलायत आगामी अक्टुबरमा कुनै सम्झौता गरेर या बिना कुनै सम्झौता युरोपियन युनियनबाट बाहिरिने बताएका थिए। 

टरिजा मेले आफ्नै पार्टीका सांसदबाट समेत ईयूबाट बाहिरिने प्रस्तावमा विरोध खेप्नु परेको थियो। तीन पटकसम्म संसदमा प्रस्ताव पारित हुन नसकेपछि उनले राजीनामा दिने घोषणा गरेकी थिइन्।
 

कमेन्ट लोड गर्नुस