सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय मालवाहक कन्टेनरले ठक्कर दिंदा दुई जनाको मृत्यु, ३ जना घाइते

। फोटो स्रोत ।
२०७६ साउन ७, ०३:२४

मकवानपुरमा भारतीय मालवाहक कँटेनर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको हेटौडा उपमहानगरपालिका–१५, चुरियामाईमा कन्टेनर पल्टिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मृतकको परिचय भने खुल्न नसकेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार चुरियामाईमा सोमबार रातिदेखि बिग्रिएर सडकमा तेर्सो परेको भारतीय कन्टेनर अगाडि बढाउन खोज्दा पल्टिएर दुई जनाको मृत्यु भएको हो। मालवाहक कन्टेनरलाई चुरियामाईको उकालोमा अगाडि बढाउन खोज्दा पछाडि हट्दा अरु थप पाँचवटा गाडीलाई ठक्कर दिएको थियो।

एकले अर्को गाडीलाई ठक्कर दिएका कारण गाडीले थिचेर २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। भारतको रक्सौलबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय मालवाहक कन्टेनर सोमबार रातिदेखि बाटोमै बिग्रिएको थियो। मंगलबार बिहान अगाडि बढाउन खोज्दा कन्टेनर पल्टिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस