सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी र सरकारभित्र देखा परेका कमी कमजोरीलाई सच्याउँदै जानुपर्छ : प्रचण्ड

२०७६ साउन ७, ०३:१६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सरकारभित्र देखा परेका कमी कमजोरीलाई सच्याउँदै जानुपर्ने बताएका छन्। ४१ औंँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाण्डौको चम्पादेवीमा रहेको पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले  देखेको सपना पूरा गर्न पनि पार्टी र सरकारभित्र देखा परेका कमी कमजोरीलाई सच्याउँदै अघि बढनुको विकल्प नरहेको स्पष्ट पार्दै पार्टीलाई सुदृढ बनाएर विरोधीहरुको षडयन्त्रलाई परास्त गर्न पनि नेता, कार्यकर्तालाई आफूभित्रको कमीकमजोरीलाई सच्याएर अघि बढन आग्रह गरे।

उनले प्रतिक्रियावादीहरुले पार्टी एकता हुन नदिन आफूलाई प्रधानमन्त्री पदको समेत अफर गरेको तर त्यसलाई सफल हुन नदिएको उल्लेख गर्दै अब पार्टीलाई सुदृढ हुन नदिने षडयन्त्रलाई पनि परास्त गरेर अघि बढ्न जरुरी रहेको समेत बताए। उक्त कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालले पनि जनताको अपेक्षा अनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए। उनले जनताको अपेक्षा अनुसार सरकारको काम, कारबाहीलाई पार्टीले प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

कमेन्ट लोड गर्नुस