सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्रीले भने–निर्मला पन्त हत्या प्रकरण नौलो होइन

२०७६ साउन ७, ०२:५८ खबर संवाददाता

संघीय सरकारका गृहमन्त्री रामबाहदुर थापा ‘बादल’ ले निर्मला हत्या प्रकरण नौलो नभएको बताएका छन्। मंगलबार गृहमन्त्रालयको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्य सम्पादन प्रगति र आगामी कार्यदिशा सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन्। उनले निर्मला पन्तको बलात्कार र हत्या जघन्य अपराध भएपनि उक्त घटना नौलो भने नभएको बताए। 

’यस किसिमका अपराध कुनै नौलो होइन,’ उनले भने, यस किसिमका घटना यो भन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहने छ।’ उनले निर्माण पन्त हत्या प्रकरणलाई राजनीतिकरण गरिएको आरोप पनि लगाए। कञ्चनपुर भीमदत्त नगरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो। घटना भएको एक वर्ष पुगे पनि हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन्।
 

कमेन्ट लोड गर्नुस