सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ईन्टर कलेज फुटसल हुने

२०७६ साउन ७, ०१:३४ खबर संवाददाता

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा एक्सपर्ट ईन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ। साउन ९ र १० गते धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा प्रतियोगिता हुन लागेको आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ। एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले स्नातक तहमा पढ्ने छात्र र छात्राको फुटसल प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगिताको छात्र–छात्रा तर्फका विजेताले नगद १० हजार सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएस शत प्रतिशत छुटमा पढ्न पाउनेछन्। छात्र र छात्रा तर्फका उपविजेताले नगद ५ हजार सहित सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएसमा ५० प्रतिशत छुटमा पढ्न पाउनेछन्।

सहभागी कलेजहरुको टुङगो लागेपछि वुधवार खेल तालिका सार्वजनिक गर्ने आयोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर चौधरीले बताए। एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलियामा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि पठाउने गरेको छ। 

कमेन्ट लोड गर्नुस