सुदूर नेपाललाई विश्वसँग जोड्दै

अहिलेसम्म २२ लाखले लिए ‘प्यान’

। फोटो स्रोत ।
२०७६ साउन ६, ०१:४२

स्थायी लेखा नम्बर प्यान लिनेहरुको संख्या २२ लाख पुगेको छ। सरकारले तलब बुझ्ने सबै नागरिकका लागि स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेयता मात्रै १ लाख जनाले प्यान लिएको आन्तरिक राजश्व विभागले जनाएको छ। जेठ १५ गते यता मात्रै १ लाख जनाले प्यान लिएको र हालसम्म २२ लाख जनासँग प्यान रहेको विभागले जनाएको छ। सरकारले प्यान अनिवार्य गरेपछि आफ्ना कार्यालयहरुमा छुट्टै काउन्टर राखेर सहज बनाइएको पनि विभागको दाबी छ। 

यस्तै विश्वविद्यालय, विद्यालय, अस्पताल, गैरसरकारी संस्था, ठुला ब्यापारीक संस्था लगायतले आफ्ना कर्मचारीहरुको प्यान फारम भराएर एकमुष्ट निवेदन दिएमा आन्तरिक राजश्व विभागको टोली सम्बन्धीत संस्थामा गएर प्यान दिइने पनि विभागले जनाएको छ।

व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले अनिवार्य प्यान लिनुपर्ने कानुनी व्यवस्था छ। आर्थिक विधेयक अनुसार सरकारी, गैरसरकारी र निजी सबै संस्थाले तलब बैंकमार्फत नै दिनुपर्छ र बैंकमार्फत तलव दिँदारलिँदा प्यान अनिवार्य गरिएको छ। कुनै संस्थाले कर्मचारीलाई प्यान विना तलव दिएमा त्यो तलब खर्चमा गणना नगरिने सरकारले जनाएको छ। 

कमेन्ट लोड गर्नुस