सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माणधीन पार्कको छत खस्दा दुई जनाको मृत्यु, एक जना घाइते

। फोटो स्रोत ।
२०७६ साउन ६, ११:३४

निमार्णाधिन पार्कको छत खस्दा पाँचथरमा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान ८ बजेको समयमा हिलिहाङ गाउँपालिका–७ टारी भन्ने स्थानमा निर्माणाधीन यलम्बर पार्कको छत झरेर किच्दा ५० वर्षीय जगत राई र ५१ वर्षीय रुद्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

हिलिहाङ गाउपालिको लगानिमा निर्माणाधीन पार्कको ढलान सकेर काठ निकाल्ने क्रममा छत झरेर किच्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए।
यस्तै छतले किचेर वीरबहादुर राई घाइते भएका छन्। उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भैरहेको छ।

छतले किचेको शवलाई स्थानीयको सहयोगमा प्रहरीको टोलीले बाहिर निकालेको छ। २० दिनअघि नै छत ढलान गरिएको भए पनि गुणस्तरीय नहुँदा छत झरेको स्थानीयले बताएका छन्।   

कमेन्ट लोड गर्नुस