सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाले टुंग्यायो ७७ जिल्लाका इन्चार्ज र सह–इन्चार्ज

। फोटो स्रोत ।
२०७६ साउन ५, ०५:०५

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ। बैठकले विभिन्न संगठन, तथा विभागहरुको गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका विषयमा निर्णय लिने भनिएको थियो। तर नेताहरुबीच कुरा मिल्न नसक्दा बैठक मंगलबारसम्मका लागि सरेको स्रोतको दावी छ। 

संगठन विभाग, विदेश, स्कुल, पार्टी नीति तथा प्रतिष्ठान, आर्थिक, प्रचार विभागलगायतमा नेताहरुबीच लगभग सहमति भए पनि पार्टीको स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषय पेचिलो बन्दा आजको बैठक सरेको बुझिएको छ।  

स्कुल विभाग पूर्व एमाले वा पूर्व माओवादी कसले लिने भन्नेमा विवाद कायमै छ । स्कुल विभागमा पूर्व एमालेका ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को दावेदारी छ। 

यस्तै  आइतबार बसेको सचिवालय बैठकबाट बाहिरिने क्रममा नेकपा नेता बामदेव गौतमले भने आफूले संगठन विभागको नेतृत्व पाउने निश्चित भएको दावी गरे। बैठक अपेक्षित सकारात्मक भएको र आफूले नै संगठनको विभाग पाउने पक्का भएको उनले दाबी गरे।

तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने अहिले विभागको नेतृत्वका बारेमा कुनै टुंगो नलागेको बताए। बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको भने टुंगो लगाएको छ। यसका साथै जिल्ला कमिटीकै  मान्यता पाएको ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको समेत टुंगो लगाएको छ। मंगलबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकले भने सबै विभाग र केन्द्रीय सदस्यहरुको कार्य्विभाजन टुंगो लगाउने पनि प्रवक्ता श्रेष्ठले बताए।  

 

 

 

कमेन्ट लोड गर्नुस