सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मनकारी वडा अध्यक्ष: बर्षभरीको तलव बृद्धबृद्धालाई

२०७६ साउन ५, १२:०२

सुरेश पन्त–कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु)ले आफुले पाएको तलब बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका छन्। मनकारी वडा अध्यक्ष कुँवरले तलब भत्ता वापत प्राप्त भएको रकम यस वर्ष पनि बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका हुन। निर्वाचीत जनप्रतिनिधिहरु सेवा सुविधाभोगी र भ्रष्टाचारमा लिप्त रहेकोे आरोप लागिरहेका बेला वडा अध्यक्ष कुँवरले भने तलब भत्ता बाफतको रकम गाँउका बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका हुन्। नेपाली काँग्रेसबाट निर्वाचीत वडा अध्यक्ष कुँवरले आईतबार बिहान भीमदत्त नगरपालिका वडा नम्वर १ का १ सय ६२ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिबिहीन र विपन्न परिवारलाई वितरण गरेका हुन्। 

तलब लिएर वडा कार्यालय पुगेका अध्यक्ष कुँवरले बृद्धबृद्धालाई एक हजार पाँच सय, अपाङ्गता भएका व्यक्तिलाई एक हजारका दरले रकम बाँडेका हुन्। स्थानीय तह निर्वाचनको बेला आफूले पाउने तलब वडाका बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्ति र असहायलाई वितरण गर्ने घोषणा गरेका कुँवरले आफू कमाउनका लागि नभई जनताको सेवा गर्न आएको बताउँदै रकम वितरण गरेका हुन्।

‘निर्वाचनका बेलामा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच बर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिएँ,’ उनले भने, ‘आज त्यो पुरा गर्दै छु।’ जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोग स्वरुप दिएको उनले बताए। तलब वापत पाएको २ लाख ६२ हजार वितरण गरिएको हो। गत वर्ष पनि उनले तलव, भत्ता वापतको सबै रकम उनले वितरण गरेका थिए। 

कमेन्ट लोड गर्नुस