सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीको पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन ४, ०४:००

रौतहटमा खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिकामा रहेको बाढीको पानी जमेको बाधको खाल्डोमा डुब्दा ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको मृत्यु भएको प्रहरिले जनाएको छ। शनिबार देवाही गोनाही नगरपालिका ५ को लालबकैया नदी भन्दा उतर पुर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण खाडलमा नुहाउन पसेकी थिइन्। मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताए।
 

कमेन्ट लोड गर्नुस