सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोक सेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको भन्दै प्रदेश १ मा बन्दको आह्वान, १५ जना पक्राउ

। फोटो स्रोत ।
२०७६ साउन ४, १२:४९

लोक सेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको भन्दै प्रदेश नम्बर १ मा बन्दको आह्वान गरी बन्द गराउँदै हिँडेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार संघीयता र समानुपातिक समावेशी सिद्धान्तको मर्मविपरित लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै त्यसको विरोधमा प्रदेश नम्बर १ बन्दको आह्वान गरेर बन्द गराउँदै हिँडेकाहरुलाई मोरङमा नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राईलगायत १५ जनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलका अनुसार पक्राउ पर्नेमा इटहरी चोकमा भेला भएर बन्द गराउँदै हिँडेका आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई, तामाङ घेदुङ संघका चन्द्र तामाङलगायतका आफना नेता कार्यकर्ताहरु गरेको हो।  

लोक सेवाको विज्ञापन गर्दा आरक्षण हटाइएको भन्दै ’आरक्षण बचाऔंँ’ नाम दिएर आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ ले शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन समेत गरेका थिए।
 

कमेन्ट लोड गर्नुस