सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सुरक्षा चुनौती बढ्दै, ठुला अपराधिक घटनाको रहस्य पनि गर्भमै

२०७६ साउन ४, १०:५५ खबर संवाददाता

कैलालीको गोदवारी नगरपालिकाको मालाखेतीबाट नबिल बैंकको रकम लुटिएको ५ बर्ष वितिसकेको छ। उक्त चोरीमा प्रहरीकै उच्च अधिकारी समेत संग्लन रहेकोले घटनाको रहस्य बाहिर आउन नसकेको गुनासो बढ्दै गएको छ। छ वर्षअघि धनगढी उप–महानगरपालिका ४ उत्तरबेहडीका ओमप्रकाश पन्तको तारानगरमा बिभत्स हत्या भयो, उक्त घटनाको अनुसन्धानमा पनि प्रहरी असफल भएको छ। ठुला घटनाको अनुसन्धानमै प्रहरी असफल भएपछि त्यसयता धनगढी लगायत जिल्लाका विभिन्न स्थानमा अपराधिक गतिविधिले प्रसय पाईरहेका छन्। सडकमै गोली प्रहार गरि हत्या, बिच बजारमा गोली प्रहार गरि चोरी, सामुहिक बलात्कार जस्ता अपराधिक गतिविधिले कैलालीलाई असुरक्षती बनाउँदै गएको छ। 

अहिले कैलालीमा हत्या, हिसां, बलात्कारका घटना ह्वात्तै बढेका छन्। श्रृङखलावद्ध चोरीका घटनाले प्रदेशको राजधानी भएकै जिल्लालाई असुरक्षित बनाईरहेको छ। लागु औषधको खुलेयाम कारोवारले युवाहरु दलदलमा फसिरहेका छन् भने भारतबाट हुने अवैध तस्करीले झनै प्रसय पाईरहेको छ। तर प्रहरी भने कमाई हुने र हप्ता असुली गर्न सकिने क्षेत्रमा मात्रै सक्रिय भएपछि राजधानीमै सुरक्षा चुनौती बढेको आरोप लाग्दै आएको छ। 

कैलालीमा सबैभन्दा बढि कुलतमा फसेका युवाहरुले अपराधमा संग्लनता बढाएका छन्। धनगढी उप–महानगरपालिकाको वडा नम्वर ४ बसपार्कको श्रीपाल होटलमा तारानगरका आदर्श भट्टको मुत्यु, गत मंसिरमा धनगढीका विजय थापाको हत्या, पुषमा अत्तरियामा भएको ग्याङ फाईट, २०७३ सालको माघमा कैलालीकी १८ वर्षकी सलोनी श्रेष्ठको मृत्युमा लागु औसध मुख्य कारण देखिएको छ। मुख्य समस्या नै लागु औसध भएपनि प्रहरीको ध्यान भने स–सना विषयमा मात्रै केन्द्रित हुँदा समस्या बढेको हो। पूर्व प्रहरी वरिष्ठ उपरिक्षक मोहनराज जोशीले कैलालीमा लागु औसधको कारोवार मात्रै न्यूनीकरण गर्न सके अपराधको रेसियो आँफै घट्ने बताए। ‘सुरुमा सीमा क्षेत्रबाट भईरहेको लागु औसधको आयार रोक्न जरुरी छ,’ उनले भने, ‘धनगढीका मुख्य–मुख्य चोकहरुमा प्रहरीले सक्रियता बडाउँदै चेकजाँच गरे लागु औसधको कारोवार न्यूनीकरण गर्न सकिन्छ।’ जोशीले अहिले कैलाली प्रहरीको ध्यान सो तर्फ जान नसकेको बताए। 

धनगढीका स्थानीय रमेश मल्लका अनुसार अस्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय, निवास, ७ मन्त्रालय, मन्त्रीका निवास, आधा दर्जन सुरक्षा निकायका युनिट रहेपनि दिनदहाडै बम बिष्फोट, गोली प्रहार जस्ता घटना हुन थालेपछि फितलो सुरक्षा व्यवस्था प्रष्ट देखिएको छ। उनले बिहिवार धनगढीमा भएको बम बिस्फोटले पनि सुरक्षा रणनीतिमाथि प्रश्ख खडा गरिदिएको बताए। दिनदहाडै व्यस्त बजारको सार्वजनिक ठाउँमा पेस्तोल र बम भिरेर पनि घण्टौ निर्धक्क बस्न सक्ने वातावरण बनेपछि गुप्तचर विभाग, घुमुवा प्रहरी र सुरक्षाकर्मीको ध्यान अपराधिक गतिविधी नियन्त्रणमा जान नसकेको आरोप लाग्न थालेको छ। 

जिल्लाको सुरक्षा समिति समेत संकाको घेरामा आएको छ। यता जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले भने अपराधिक गतिविधी नियन्त्रणमा प्रहरी कटिवद्ध रहेको बताए। ‘लागु औसधको कारोवार कैलालीमा ठुलो समस्याका रुपमा देखा परेको छ,’ उनले भने, ‘कैलाली प्रहरीले लागु औसधको कारोवार नियन्त्रणमा विशेष ध्यान दिएको छ।’ उनले जिल्लामा सबैभन्दा बढी लागु औसध सेवनकर्ता नै पक्राउ परिरहेको दावी गरे। तर कारोवारमा संग्लनहरु पक्राउ नपर्दा नियन्त्रणमा चुनौती थपिएको छ। 

जिल्लामा अपराधिक गतिविधि बढ्नुका कारण प्रहरीलाई जानकारी भएपनि प्रहरीको ध्यान भने अहिले होटलमा छापा हान्ने, ९ बजेदेखि नै होटल अगाडी सिटी फुकेर होटल बन्द गराउने, मापसे परिक्षणको नाममा ठाउँ–ठाउँमा चेकपोष्ट राखेर सर्वसाधारणलाई दुख दिने, मदिरा पिएकै भरमा अनावश्यक मुद्धा चलाउने तिर मात्रै केन्द्रित भएको आरोप लाग्न थालेको छ। हतियारधारी गुण्डाहरु निर्बाध रुपमा सुकम्बासी बस्तीमा कुटपिट, तोडफोड र आगजनी गरिरहेपनि प्रहरी प्रशासन मौन देखिएपछि प्रहरीमाथि संका झनै बढेको छ।

यस्ले गर्दा कैलालीको सुरक्षा रणनीति आवश्यक अध्ययन विना नै बन्ने गरेको समेत पुष्टि भएको छ भने अपराध नियन्त्रणका लागि स्थानीय प्रशासन गम्भिर नबनेको पनि आरोप लागेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने जिल्लामा सुरक्षा अवस्था बारे पटक–पटक समिक्षा हुँदै आएको र समिक्षा अनुसार नै सुरक्षा रणनीति बनाउने गरेको बताए। उनले कहिले अप्रत्यासित अपराधिक गतिविधी समेत हुने गरेका कारण त्यस्को रणनीति बनाउन भने समस्या रहेको बताए। 

कमेन्ट लोड गर्नुस