सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको छ : सिपी गजुरेल

। फोटो स्रोत ।
२०७६ साउन ३, ०५:४५

नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन्। 

शुक्रबार रिपोर्टर्स क्लबमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले सरकार र विप्लवीचको वार्तालाई लिएर नेपाली जनता दुविधामा रहेको टिप्पणी गरे। उनले भने, ‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ। दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन्। तर, जनता भने पुरै कन्फ्युजनमा छन्। साँच्चै वार्ता होला त भनेर?’

उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राख्दा हुने सुझाव समेत दिए। उनले भने, ‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैग्यो नि। तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन। यो गलत छ।’ 

सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको, तीन तहमा कर बढाएको र विषादी प्रकरणमा पनि सरकारले गम्भीर त्रुटि गरेको आरोप समेत उनको छ।

कमेन्ट लोड गर्नुस