सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारीसाधन ट्रयाकिङ सिस्टमविरूद्ध व्यवसायीद्धारा प्रदर्शन

२०७६ साउन ३, ०५:३८

सरकारले साउन १ गतेदेखि व्यवसायिक प्रयोजनाका मालसामान एक ठाउँबाट अर्को ठाउँमा ओसापसार गर्नुपूर्व मालसामानको विवरण राजस्व अनुसन्धान विभागमा अनलाइनमार्फत् दर्ता गराउने व्यवस्था फिर्ता गर्नु पर्ने भन्दै व्यवसायीहरु प्रदर्शन गरेका छन्।

शुक्रबार सवारीसाधन ट्रयाकिङ सिस्टमको विरोध गर्दै व्यवसायीले प्रदर्शन गरेका हुन्। सो व्यवस्था तत्काल फिर्ता गर्नुपर्ने भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रदर्शन गरेको हो। व्यवसायीले उक्त व्यवस्थाको विरोध गरेपछि बिहीबार अर्थमन्त्री युवराज खतिवडाले प्रविधिबाट कोही भाग्न पाइँदैन, क्षमता विस्तार गर्ने हो भन्ने अभिव्यक्ति दिएका थिए।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय सदस्य परशुराम श्रेष्ठले भने, ‘जबसम्म भन्सारमा न्यून बिजिकरणको अन्त्य हुँदैन, नेपाल भारत खुला सीमाबाट चोरी पैठारी रोकिँदै, आइटीमा सबैको पहुचँ पुग्दैन तबसम्म यो सिस्टम कार्यान्वयनमा हुन सक्दैन।’ महासंघले सो व्यवस्था तत्काल फिर्ता लिन र मूल्य अभिवृद्धि करमा समेत सरोकारवालाहरूसँग छलफलको आवश्यक रहेको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस