सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल क्रिकेट संघको निलम्बन यथावत

। फोटो स्रोत ।
२०७६ साउन ३, ०४:१२

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ। इंग्ल्याण्डको लण्डनमा बिहीबार बसेको आईसीसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन। आईसीसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विक्रम संवत २०७३  वैशाख १३ गते निलम्बन गरेको थियो। त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन।आईसीसी प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ।

यस्तै  आईसीसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ। जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले जिम्बाब्वेलाई निलम्बन गरेको हो। सरकारी हस्तक्षेप बढेको र आईसीसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बाब्वेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो।

आईसीसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ। जिम्बाब्वे अहिले आर्थिक सङ्कटमा छ। आइसिसीले जिम्बाब्वे क्रिकेट बोर्डलाई तीन महीनाभित्र यस मुद्दालाई समाधान गर्न (अल्टिमेटम) समयसीमा दिएको छ। आईसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ। रासस
 

कमेन्ट लोड गर्नुस