सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

। फोटो स्रोत ।
२०७६ साउन ३, ०१:१४

भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड भएको छ। शुक्रबार बिहान ९ बजेको समयमा क्याम्पस परिसरमा गएका बिद्यार्थीहरुको समुहले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ। क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कुर्सी र टेबुल पूर्ण नष्ट भएको छ भने, कोठामा रहेका दराज, झ्यालका सिसामा समेत क्षति भएको छ।

आगजनीका कारण भएको क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। प्रहरीका अनुसार आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको छ। यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो।सो क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरुले आज आगजनी र तोडफोड गरेका अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष लीलाराम पौडेलले जानकारी दिए। रासस
 

कमेन्ट लोड गर्नुस