सुदूर नेपाललाई विश्वसँग जोड्दै

जपानको एनिमेसन स्टुडियोमा आगजनी : मृत्यु हुनेको संख्या ३३ पुग्यो

२०७६ साउन ३, ०१:०३

जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ। क्योतो शहरमा रहेको स्टुडियोमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन्। प्रहरीले ४१ वर्षीय संदिग्ध व्यक्तिले पेट्रोल छर्केर आगो लगाइदिएको बताएका छन्। घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ परेका ब्यक्ति पनि घाइते भएका कारण अस्पतालमा भर्ना गरिएको छ।

क्योतो एनिमेसन स्टुडियो जापानको प्रख्यात एनिमेसन स्टु्डियो हो। आगलागीका कारण स्टुडियो पूर्णरुपमा जलेर नष्ट भएको छ। क्योटो एनिमेशन सन् १९८१ मा स्थापना भएको हो। त्यसले ‘के–अन’ र ‘द मेलन्कली अफ हारुही सुजुमिया’ जस्ता एनिमेशन कार्यक्रमहरू बनाएको छ। 

कमेन्ट लोड गर्नुस