सुदूर नेपाललाई विश्वसँग जोड्दै

उज्बेकिस्थानमा भएको निर्णायक अपग्रेट परिक्षामा चन्दलाई सफलता

२०७६ साउन २, ०६:२६ खबर संवाददाता

उज्बेकिस्थानको राजधानीमा “१६औ एशियन सिनियर कराते च्याम्पिनशिप“ को अवसरमा भएको एशियन कराते महासंघको निर्णायक अपग्रेट परिक्षामा कैलालीका प्रकाश कुमार चन्द उत्तिर्ण भएका छन्। राष्ट्रिय गोजुरियो कराते दो–संघ नेपालका महासचिव समेत रहेका चन्द निर्णायक अपग्रेट परिक्षामा उतिर्ण भएका हुन्।

उनीसंगै नेपालबाट सहभागी राम लामा, योग बहादुर राई, चन्द्र प्रकाश घर्ती, दिनेश महत, महेश महर्जन र रामकृष्ण लामा उत्तिर्ण भएका हुन्। उनीहरु उत्तिर्ण भएपछि नेपाल कराते महासंघ र गोजुरियो कराते महासंघ परिवारका निम्ती ठुलो उपलब्धि भएको कराते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेले बताए। उक्त सेमिनारमा नेपाल लगायत ४३ देशका निर्णयकहरु को सहभागिता रहेको थियो। 

चन्दले यसअघि दिल्ली र इन्डोनेशियामा सप्पन्न भएको एसियन करातेका रेफ्री सम्मेलीत सेमिनारमा समेत सहभागिता जनाइसकेका छ्न। उनले भोली र पर्सि हुने उज्बेकिस्थानमा एसियन कराते प्रतियोगितामा समेत निर्णायकको भुमिका निर्बाह गर्ने छन्। उक्त प्रतियोगितामा नेपालबाट ६ जना खेलाडीहरुको सहभागिता रहेको छ। 
 

कमेन्ट लोड गर्नुस