सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्घाखाँचीमा ज्वाइँद्धारा सासूको हत्या

। फोटो स्रोत ।
२०७६ साउन २, ०४:३६

अर्घाखाँचीमा रक्सीको झोकमा एक जनाले आफ्नै सासुको हत्या गरेका छन्। दाङको राप्ती गाउँपालिका घर भएका २९ वर्षीय वसन्त कुमालले ससुराली गएका बेला अर्घाखाँची शीतगंगा ८ सातमारा बस्ने ४३ वर्षीया सासू ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार कुमाल असार २९ गते माइतीमा रहेकी श्रीमतीलाई लिन ससुराली गएका थिए। आरोपित वसन्तले सोमबार राति सासूसँगै बसेर रक्सी पिएको र त्यसै क्रममा झगडा हुँदा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्साकोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएको स्वीकार गरेको हो।

सासूको हत्यापछि कुमालले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएको र गाउँलेहरु आइपुग्दा कुमाल भागेर नजिकै आफन्त कहाँ लुकेर बसेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक गणेश बहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ। प्रहरीले अभियक्त कुमाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस