सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप

। फोटो स्रोत ।
२०७६ साउन २, ०४:०१

कांग्रेस सांसद विनोद चौधरीले देशको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप लगाएका छन्। बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा बाल्दै उनले राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको बताए। 

उनले भने, ‘‘२०४६ सालयताका दिनहरुलाई हेर्ने हो भने माथिल्लो ओहदामा पुग्ने कर्मचारीसँग योग्यता र कार्यक्षमताभन्दा पनि नेतृत्वसँगको सम्बन्धले काम गर्ने गरेका छन्।’’

सबैभन्दा कम क्षमता भएकाहरुलाई माथिल्लो ओहदाको जिम्मेवारीमा र्पुयाउने राजनीतिक नेतृत्वको कारण मुलुकको कर्मचारी संयन्त्र कामै गर्न नसक्ने अवस्था पुगेको उनको दाबी गर्दै कर्मचारी संयन्त्रलाई गतिशील बनाउन उनीहरुको मानसिकतामा परिवर्तन हुनेगरी तालिमको व्यवस्था गर्न समेत सरकारसँग माग गरे।

उनले भने, ‘‘योग्यता, क्षमता र कार्यकुशलताको आधारमा कर्मचारीलाई जिम्मेवारी दिने व्यवस्था भएमात्रै मुलुकमा कर्मचारीले उचित ढंगले कार्य सम्पादन गर्न सक्छ।’’

कमेन्ट लोड गर्नुस