सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानको एक एमिनेशन स्टुडियोमा आगजनी : मृत्यु हुनेको संख्या २३ पुग्यो, ३६ जना घाइते

। फोटो स्रोत ।
२०७६ साउन २, ०३:४३

जापानको एक एमिनेशन स्टुडियोमा आगजनीमा परि मृत्यु हुनेको संख्या २३ पुगेको छ। जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन भवनमा गराईएको आगजनीमा २३ जनाको मृत्यु भएको क्योटो अग्नि नियन्त्रण विभागले जनाएको छ। एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए। ४० वर्षीया ती व्यक्तिको परिचय भने खुलाइएको छैन। घाइते भएका उनलाई अस्पताल लगिएको क्योटो प्रहरीले जनाएको छ।

यस्तै उक्त आगलागीमा परि अन्य ३६ जना घाइते भएको क्योटो अग्नि नियन्त्रण विभागले जनाएको छ। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ। आगजनी भएको बेला स्टुडियोभित्र झण्डै ७० जना रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन्। स्थानीय समयअनुसार बिहीबार बिहान साढे १० बजे तीर स्टुडियोमा आगो लागेको थियो। स्थानीयले खबर गरेपछि प्रहरी तथा दमकल आएको थियो। ४८ ओटा दमकलको सहयोगमा आगो निभाइरहेको छ।

सन् १९८१ मा स्थापना भएको क्याटो एनिमेशनले एनिमेशन र एनिमेटेड उपन्यास, कमिक्स तथा पुस्तक प्रकाशन गर्दै आएको छ। क्योटो एनिमेशनले ‘के–अन’ र ‘हारुही सुजुमिया’  जस्ता लोकप्रिय टीभी सिरिज पनि बनाएको छ।

कमेन्ट लोड गर्नुस