सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडकमा राखिएका बुद्धका मूर्तिमा तोडफोड

। फोटो स्रोत ।
२०७६ साउन २, १२:४२

रुपन्देहिमा रहेका बुद्धका मुतीमा तोडफोड भएको छ। जिल्लाको सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शंकरनगरचोकदेखि नयाँ मिलसम्मको ६ लेनको सडकमा राखिएका ५ वटा बुद्धका मूर्तिमा बुधबार राति तोडफोड भएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए।

यस्तै मूर्ति किन र कसले तोडफोड गर्यो भन्ने बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ। तिलोत्तमा नगरपालिकाले आफनो क्षेत्रमा पर्ने ६ लेनको सडकमा २२ वटा मूर्ति स्थापना गरेको थियो। एउटा मूर्तिको तौल १ सय १० किलो रहेको बताइएको छ। उक्त सडक भएर यात्रा गर्ने देशी विदेशी पर्यटकहरुलाई लुम्बिनीको झल्को दिलाउन सडक क्षेत्रमा बुद्धका मूर्ति राखिएको नगरपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस