सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिणी एसियाका करिब ६० लाख नागरिकलाई बाढीको खतरा

। फोटो स्रोत ।
२०७६ साउन २, १०:५३

दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ। मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो। 

केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ। प्राप्त पछिल्लो समाचारअनुसार भारतको एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन्। त्यहाँको सरकारले रेडक्रसको अन्तर्रा्ष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ। यस्तै त्यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको बताइएको छ।

बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन्। यी देशमा पनि रेडक्रसको अन्तर्रा्ष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ। आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग यो समितिले उपलब्ध गराइरहेको छ। 

रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो रुपमा रहेको छ र यसबाट अझै पनि कैयौँ नागरिक विस्थापित हुने र क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको छ। रेडक्रसको अन्तर्रा्ष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भने ’बाढीको प्रकोप दिन प्रतिदिन बढ्दो छ, विस्थापित हुनेहरुको संख्या पनि प्रतिदिन बढिरहेको छ।’ उनले बाढीका कारण ज्यान गुमाउने नागरिकको संख्या पनि प्रतिदिन बढ्दो रुपमा रहेको जानकारी दिएका छन्।  

यही हिसाबले अरु केही दिनसम्म बाढीको प्रकोप बढ्दै जाने हो भने दक्षिण एसियाली देशका कम्तीमा पनि ६० लाख नागरिकलाई यस प्रकोपले क्षति र्पुयाउन सक्ने अनुमान गरिएको पनि उनले जानकारी दिए। उनले भने ’बाढीले निम्त्याएको संकटको समाधानका लागि कार्यरत छौँ, तर मनसुन भर्खरै सुरु भएकोले यसले अझै पनि ठूलो क्षति र्पुयाउन सक्ने खतरा छ।’ 

भारतीय राज्य आसाममा मात्र दश लाख नागरिक विस्थापित भएका छन्।  ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७ सय ५० गाउँ नै बगाएको छ। त्यसैगरी, नेपालको पनि दक्षिणपूर्वी भूभागमा बाढीले क्षति र्पुयाएको छ। बाढीका कारण दर्जनौँ नागरिकको ज्यान गएको छ। बङ्गलादेशमा पनि बाढीले ठूलो असर र्पुयाएको छ। जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन्। बाढीले ११ हजार भन्दा बढी घर बगाएको छ। भारी वर्षा र यसका कारण बाढी आउने क्रम जारी नै रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस