सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा

। फोटो स्रोत ।
२०७६ साउन १, १०:३१

काठमाण्डौमा आयोजना हुन लागेको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ एनबीबीएफएले आयोजना गर्न लागेको प्रतियोगितामा बिहीबार प्रतियोगितामा सहभागी सबै देशका खेलाडी काठमाण्डौ आइपुग्ने तथा शुक्रबार र शनिबार प्रि(जजिङ र फाइनल चरणका खेल हुने छन्।
प्रतियोगितामा नेपलाबाट २३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। पुरुषतर्फ १८ र महिलातर्फ ५ खेलाडीले प्रतिस्पर्धा गर्दा नेपालकै २ जना अफिसिलय पनि हुनेछन्। एनबीबीएफएका अध्यक्ष राजेश बाबु श्रेष्ठले तेस्रो पटक नेपालले यो प्रतियोगिता आयोजना गर्न लागेको र यसको तयारी पूरा भएको जानकारी दिँदै प्रज्ञा भवनमा हुने प्रतियोगितामा दक्षिण एसियाका ७ र अफगानिस्तान गरी ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगितामा शारीरिक सुगठन बाहेकका विभिन्न फिजिक्स स्पर्धा समेत समावेश छ भने जुनियर शारीरिक सुगठन र महसला फिजिक्स पनि आयोजना हुनेछ। प्रतियोगितामा विभिन्न १८ विधा समावेश हुनेछ ।  शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी,  ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र त्योभन्दा माथीको तौल समूहमा प्रतिस्पर्धा हुने जनाइएको छ।

पहिलो पटक हुन लागेको पुरुष फिटनेस फिजिक्समा १७० सेमी र त्यसभन्दा माथि, पुरुष एथ्लेटिक्स फिजिक्समा ३ स्पर्धा, पुरुष स्पोर्ट्स फिजिक्स र जुनियर शारीरिक सुगठनमा एक(एक स्पर्धा हुनेछ । यसैगरी महिला एथ्लेटिक फिजिक्स र महिला मोडल फिजिक्समा पनि प्रतिस्पर्धा हुनेछ।

शारीरिक सुगठनतर्फ ओभरअल च्याम्पियन हुनेले पाउने ट्रफीसमेत बुधबार सार्वजनिक गरिएको छ । विश्व शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स फेडेरेसन तथा एसियन शारीरिक सुगठन तथा फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चा, एनबीबीएफएका अध्यक्ष श्रेष्ठले त्यो ट्रफी सार्वजनिक गरेका हुन्। 

प्रतियोगिताको लागि दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेश फेडेरेसनका अध्यक्ष प्रशान्त आप्तेले नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघलाई भारतीय रुपैयाँ ७ लाख सहयोग प्रदान गरेको छ। प्रतियोगिताको लागि १ करोड ३६ लाख अनुमानित बजेट रहेको आयोजकले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस