सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाही गरिन्छ : मन्त्री बास्कोटा

। फोटो स्रोत ।
२०७६ साउन १, ०७:४८

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढाउने चेतावनी दिएका छन्। सिंहदरवारमा मन्त्रालयको वार्षिक प्रगति र कार्ययोजना सार्वजनीकिरण कार्यक्रममा बोल्दै उनले अब काम गर्ने समय आएकोले तोकिएको जिम्मेवारी समयमै पुरा गर्न कर्मचारीलाई निर्देशन दिए। उनले कसैको लहैलहै वा भ्रममा नपरी आफ्नो कर्तव्य समयमै पूरा गर्नु पर्ने बताए।

मन्त्री बाँस्कोटाले स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनले विकासका काम नगरे कसले गर्छ भन्दै कुनै पनि बहानामा कामबाट पन्छिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अघिल्लो वर्षलाई मन्त्रालयले नीति तथा कार्यक्रमको आधार वर्षको रुपमा लिएको भन्दै नयाँ आर्थिक वर्षमा निर्धारण गरिएका योजना पूरा गर्ने लक्ष्य लिएको बताए।

कार्यक्रममा मन्त्रालय र विभिन्न १४ वटा विभागीय प्रमुखहरुबीच चालु आर्थिक वर्षको कार्ययोजनामा हस्ताक्षर भएको छ। 

कमेन्ट लोड गर्नुस